
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ नेपाली कांग्रेसले १७ लाख मत कटाएको छ ।
१ करोड ४ लाख ७७ हजार ९४३ मतगणना सम्पन्न हुँदासम्म कांग्रेसले १७ लाख २ हजार २१ ल्याएर दोस्रो स्थान हासिल गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
भने सर्वाधिक मत ल्याएर पहिलोे नम्बरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले ५० लाख २९ हजार ८ सय ७४ मत प्राप्त गरेको छ । यस्तै तेस्रो स्थानमा रहेको नेकपा एमालेले अहिलेसम्म १४ लाख १७ हजार ६ सय मत पाएको छ ।
नेकपाले ७ लाख ७२ हजार ३२३ मत पाउँदा हर्क साम्म्पाङको पार्टी श्रम संस्कृती पार्टीले ३ लाख ५९ हजार २ सय ५५ मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३ लाख २६ हजार भन्दा धेरै मत पाएको छ । आयोगका अनुसार समानुपातिकतर्फको मतगनणा जारी छ ।













