Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मोदीपछि भुटानका प्रधानमन्त्रीको रवि-बालेनलाई बधाई : दुई देशको मित्रता अझ प्रगाढ बन्ने आशा छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २६ गते


Advertisement

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा बहुमत हासिल गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई देशका राजनीतिक दल तथा बिदेशबाट शुभकामना प्राप्त भईरहेको ।

सोमबार मात्रै भारतका प्रधानमन्त्रीबाट शुभकामना पाएका बालेन(रविलाई आज भुटानका प्रधानमन्त्रीले बधाई दिएका छन् ।भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले आज बिहान सामाजिक सञ्जालमार्फत चुनाव सफल भएकामा सबै नेपाली जनतालाई पनि बधाई दिएका छन्।

यस क्रममा उनले भुटान र नेपालबिचको मित्रता अझ गाढा बनाउन तयार रहेको पनि उल्लेख गरेका छन्।

‘नेपालको आम निर्वाचनमा ठुलो विजय हासिल गर्नुभएमामा श्री बालेन शाह र श्री रवि लामिछानेलाई बधाई छ। साथै सफल चुनावका लागि म नेपाली जनतालाई पनि बधाई दिन्छु’, भुटानका प्रधानमन्त्री तोब्गेले लेखेका छन्, ‘दुईदेशबिचको गहिरो मित्रता अझ प्रगाढ बन्ने आशा छ।’

यसअघि सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपाका सभापति रवि र वरिष्ठ नेता बालेनलाई टेलिफोनमार्फत विजयका लागि बधाई दिएका थिए।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग न्यानो टेलिफोन वार्ता भयो,’ मोदीले एक्समा लेखेका छन्, ‘दुवै नेताहरूलाई उहाँहरूको चुनावी विजय र नेपालको चुनावमा रास्वपाको सानदार सफलताको लागि बधाई दिएँ। आपसी समृद्धि, प्रगति र कल्याणको लागि उहाँहरूसँग काम गर्ने भारतको प्रतिबद्धता व्यक्त गरेँ।’

‘मलाई विश्वास छ(हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्ध नयाँ उचाइमा पुग्नेछ,’ मोदीले थपेका छन्।यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा देशभरका १६५ क्षेत्रमध्ये रास्वपाले १२५ सिट जितेको छ भने समानुपातिक मत पनि ठुलो मात्रामा हासिल गरेको छ।

साथै पार्टी सभापति रवि चितवन(२ र प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन झापा(५ बाट भारी मतले विजयी भएका छन्।


प्रतिकृया दिनुहोस्