Skip

Hamro Sanchar

भारतीय प्रधानमन्त्री मोदीले रवि र बालेनलाई गरे फोन, के भयो कुराकानि ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २५ गते


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन संवाद गरेका छन् ।

फोन संवादमा प्रधानमन्त्री मोदीले रवि–बालेनसँग न्यानो संवाद भएको प्रतिक्रिया दिएका छन् ।

‘मैले निर्वाचनमा रास्वपाको जितका लागि दुवै नेतालाई बधाई दिएको छु,’ संवादपछि फेसबुकमा प्रतिक्रिया दिँदै मोदीले लेखेका छन्, ‘सँगै नयाँ बन्ने सरकारका लागि शुभकामना दिँदै भारतीय सरकारका तर्फबाट साझा प्रगति, समृद्धि र जनकल्याणका लागि प्रतिबद्धता पनि जनाएको छु ।’

प्रधानमन्त्री मोदीले दुवै देशबीचको सम्बन्ध आगामी वर्षमा संयुक्त प्रयासमार्फत अझ उच्च स्तरमा पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।

मोदीलाई रास्वपा सभापति रवि लामिछानेले नेपाली जनताले दिएको लोकतान्त्रिक म्यान्डेटलाई सम्मान गरेकामा धन्यवाद दिएका छन् । रास्वपाले अघि सारेको विकास कुटनीतिलाई प्राथमिकता दिइने तथा दुई देशबीच पारस्परिक सम्मान र साझा समृद्दिका लागि मिलेर काम गर्ने लामिछानेले बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीसँग लामिछाने र बालेनले दुई देशबिचको सम्बन्धलाई अझै माथि लैजानका लागि पारस्परिक सहकार्यका विषयमा काम गर्ने बताएका छन् । उनीहरुले कनेक्टिभिटी र बाणिज्य तथा उर्जाको विषयमा मिलेर काम गर्न चाहेको पनि उल्लख गरेका छन् ।

मोदीसँग फोन संवादपछि ट्वीटरमा लामिछानेले लेखेका छन्- हामी भारतसँग कनेक्टिभिटी, सांस्कृतिक पर्यटन, उर्जा, व्यापार जस्ता विषयमा दुवै देशको हित हुनेगरी सम्बन्धलाई नयाँ उचाईमा लैजान चाहन्छौं ।


प्रतिकृया दिनुहोस्