Skip

Hamro Sanchar

गोरखामा चक्रे मिलनसहित १९ उम्मेदवारको जमानत जफत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २५ गते


गोरखा । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखामा एमालेका उम्मेदवार मिलन गुरुङ (चक्रे मिलन) सहित १९ जनाको जमानत जफत भएको छ ।

दुई वटा निर्वाचन क्षेत्र रहेको गोरखामा उनीसहित कुल २५ जनाले उम्मेदवारी दिएका थिए ।

खसेको सदर मतको १० प्रतिशत ल्याउन नसक्दा जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गोरखा–२ मा कुल ५७ हजार १५६ मत खसेको थियो । जसमा ५४ हजार १४७ सदर मत थियो ।

जमानत जोगाउन ५ हजार ४१५ मत ल्याउनुपर्ने भए पनि चक्रे मिलनले ३ हजार ८७ मात्र प्राप्त गरे

त्यस्तै उज्यालो नेपाल पार्टीका बलराम तामाङले ६३९, राप्रपाका कुलबहादुर बस्नेतले २९२, मंगोल नेशनल अर्गनाइजेसनका सोमबहादुर गुरुङले २९०, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का टेकबहादुर प्रधानले १३०, नेशनल रिपब्लिक नेपालका प्रसाद गुरुङले १११, स्वतन्त्र उम्मेदवार चुडाप्रसाद ढकालले ८०, आम जनता पार्टीकी कल्पना कुमालले ४१, नेपाल मजदुर किसान पार्टीका रामशरण बुढाथोकीले ३० र स्वतन्त्र उमेदवार हरि पोखरेलले १४ मत प्राप्त गरेका छन् ।

१० प्रतिशत मत नआएकै कारण उनीहरुको पनि जमानत जफत भएको हो । सो क्षेत्रबाट कुल १३ जनाको उम्मेदवारी परेको थियो ।

यता १२ जना उम्मेदवार रहेको गोरखा–१ मा १० जनाको जमानत जफत भएको छ । एमालेका रामचन्द्र लामिछाने ९३७३२०, उज्यालो नेपाल पार्टीका रामकाजी राना मगर ४८९, राप्रपाका केदारमणी खनाल ३१०, संयुक्त नागरिक पार्टीका जितबहादुर घले १६५, मंगोल नेशनल अर्गनाइजेसनका देवबहादुर थापा १४२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का बिष्णुप्रसाद रिजाल ५७, नेशनल रिपब्लिक नेपालका आकाश राना मगर ३५, स्वतन्त्र उमेदवार कविता भट्टराई २३ र नेपाल मजदुर किसान पार्टीकी मनुकुमारी श्रेष्ठ १९को जमानत जफत भएको हो ।

कुल सदर मतको दश प्रतिशत नपुगेका कारण उनीहरुको जमानत जफत भएको हो । सो क्षेत्रमा कुल ६३ हजार ६०९ मत खसेको थियो । जसमध्ये ६१ हजार ३९० सदर थिए । जमानत जोगाउनका लागि ६ हजार १३९ मत ल्याउनुपर्ने थियो।


प्रतिकृया दिनुहोस्