
काठमाडौं । राष्ट्रियसभा सदस्यमा निर्वाचित १७ जना सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सिंहदरबारस्थित कानुन समितिको हलमा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले उनीहरूलाई शपथग्रहण गराएका हुन् ।
शपथग्रहणका लागि रामकुमारी झाँक्री भने ढिलो गरी पुगेकी थिइन् । जसका कारण अन्य सांसदहरूले शपथ लिइसकेपछि उनले पछि शपथ लिएकी छन् ।
त्यस्तै, मीना रखाल भने शपथग्रहणमा अनुपस्थित भएकी छन् । उनी एमाले कर्णालीकी सांसद हुन् ।













