Skip

Hamro Sanchar

समानुपातिक मत गणना, ७० क्षेत्रमा सकियो ८ क्षेत्रको अझै सुरु भएन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २५ गते


काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको परिणाम अन्तिम चरणमा पुग्दै गर्दा समानुपातिकतर्फ अझै आठवटा निर्वाचन क्षेत्रको मतगणना सुरु नै भएको छैन।

संखुवासभा, इलाम १, अछाम २, बाजुरा, गोरखा १ र २, धनुषा १ र २ को समानुपातिक तर्फको मतगणना अझै सुरु हुन नसकेको आयोगले जनाएको छ। देशका ६९ वटा क्षेत्रको समानुपातिक मतगणना भने सकिएको छ। ८८ क्षेत्रको मतगणना भने जारी छ।

अहिलेसम्म ८४ लाख २५ हजार ६६६ मतगणना भइसकेको छ। जसमा रास्वपाले ४० लाख ७२ हजार ५०० सय मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको कांग्रेसले १३ लाख ६६ हजार ६२७ मत पाएको छ।

त्यसैगरि नेकपा एमालेले ११ लाख ५५ हजार ४२९ मत पाउँदा अर्को कम्युनिस्ट पार्टी नेकपाले ५ लाख ९५ हजार ५१० मत पाएको छ।

त्यसैगरि श्रम संस्कृतिले २ लाख ९४ हजार १६९, राप्रपाले २ लाख ७८ हजार ६८ र जसपाले १ लाख २६ हजार ८११ मत पाएको छ।

यी हुन् मतगणना सकिएका र गणना सुरु नै नभएका क्षेत्र


प्रतिकृया दिनुहोस्