Skip

Hamro Sanchar

अछाममा एमालेका बाेगटिले हराए बालेनका सारथि भुपदेवलाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २४ गते


अछाम  । अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का उम्मेदवार यज्ञबहादुर बोगटी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

आइतबार सम्पन्न मतगणनाअनुसार उनले ९ हजार ५१८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पुष्पबहादुर शाहले ९ हजार ४६ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बलबहादुर कुँवरले ६ हजार ४९३ मत प्राप्त गरेका छन्।

यसै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भुपदेव शाह भने पराजित भएका छन्। उनले ४ हजार ५६२ मत मात्र प्राप्त गरेका छन्।

भुपदेव शाह काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका नजिकका सहयोगी मानिन्छन्। बालेन मेयर हुँदा उनी स्वकीय सचिव (सारथी)का रूपमा कार्यरत थिए। देशका विभिन्न क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भइरहेका बेला अछाम–२ मा भने भुपदेव शाहले जित निकाल्न सकेनन्।

यससँगै अछाम–२ मा एमालेले सिट जित्दै प्रतिनिधिसभामा आफ्नो उपस्थितिलाई बलियो बनाएको छ।


प्रतिकृया दिनुहोस्