Skip

Hamro Sanchar

मुगुमा कांग्रेसका खड्ग शाही विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २४ गते


काठमाडौं । मुगुबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उमेदवार खड्ग शाही निर्वाचित भएका छन् ।

नेकपा (एमाले)का उमेदवार पूर्णबहादुर रोकायालाई पराजित गर्दै शाही विजयी भएका हुन्

आइतबार (फागुन २४) दिउँसो सार्वजनिक अन्तिम मत परिणाममा शाहीले सात हजार ९१४ मत प्राप्त गरे । रोकायाले ६ हजार ७१८ मत ल्याए ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार चन्द्रबहादुर शाही पाँच हजार ५५८ मत ल्याएर तेस्रो स्थानमा रहेका निर्वाचन आयोगले जनाएको छ ।

यसपछिका क्रमशः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का भुवन टमाटा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का रंगवीर परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बलबहादुर मल्ल र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का ऐटन मल्लको जमानत जफत भएको छ ।

 


प्रतिकृया दिनुहोस्