Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अन्तर्राष्ट्रिय नारी दिवसमा बालेनको शुभकामना : नारी जननी, अभिभावक अनि साथी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २४ गते


Advertisement

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आज (मार्च ८)अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण नेपाली नारीलाई शुभकामना दिएका छन्।

रास्वपाबाट प्रस्तावित प्रधानमन्त्री उम्मेदवारसमेत रहेका शाहले आइतबार बिहान सामाजिक सञ्जालमार्फत नारीप्रति सम्मान प्रकट गरेका हुन्।

संस्कृत श्लोक उद्धृत गर्दै बालेनले लेखेका छन्, ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः. यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः..नारी जननी, अभिभावक अनि साथी। समुन्नत समाज निर्माणको जग नारीको सम्मान, समानता र सशक्तीकरणमा उभिएको हुन्छ।’

उनले अगाडि लेखेका छन्, ‘अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीहरूको अधिकार, आत्मसम्मान र उज्ज्वल भविष्यको कामना गर्दछु।


प्रतिकृया दिनुहोस्