
डोटी । डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको अन्तिम मतपरिणामअनुसार कांग्रेस उम्मेदवार खड्का १४ हजार ८ सय ९७ मतसहित विजयी भएका निर्वाचन आयोगले जनाएको छ।
यहाँ नेकपा एमालेका उम्मेदवार दीपकबहादुर धामीले १४ हजार एक सय १० मत ल्याएका छन्।
रास्वपाका उम्मेदवार नरेन्द्रबहादुर खड्काले १३ हजार २ सय ७० मत ल्याएका छन्।













