Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

इरानलाई ट्रम्पको चेतावनी : मलाई नसोधी नयाँ सर्वोच्च नेता चयन नगर्नू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २२ गते


Advertisement

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो संलग्नताबिना नयाँ सर्वोच्च नेता चयन नगर्न इरानलाई चेतावनी दिएका छन्।

इरानको नयाँ नेता चयनमा अमेरिकाको भूमिका आवश्यक रहेको जिकिर गर्दै आफूहरूलाई नसोधी छनोट गरिए समयको बर्बादी मात्र हुने धम्की दिएका छन्।

एक्सियोससँगको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘यदि इरानले अमेरिकाको संलग्नताबिना नयाँ सर्वोच्च नेता चयन गर्छ भने त्यो अर्थहीन हुनेछ।’

यस क्रममा उनले मारिएका सर्वोच्च नेता अली खामेनीका छोरा मोज्तबा खामेनीलाई सम्भावित उत्तराधिकारीको रूपमा हेरिएको कुरा स्वीकार नभएको पनि बताएका छन्।

उनले भनेका छन्, ‘यदि नयाँ नेताले पुरानो नेतृत्वको नीतिलाई निरन्तरता दिए भने आगामी वर्षमा अमेरिका र इरानबिच अर्को द्वन्द्व हुन सक्छ।’

ट्रम्पले अमेरिकाले इरानमा शान्ति र स्थिरता ल्याउन सक्ने नेता चाहेको उल्लेख गरेका छन्।

इजरायल र अमेरिकाले गत फेब्रुअरी २८ का दिन संयुक्त सैन्य हमला गरी इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई मारेपछि यो पद खाली छ।

हमलाको जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडी मुलुकहरूमा क्षेप्यास्त्ररड्रोन प्रहार गरिरहेको छ।

अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीु (एचआरएएनए)ले इजरायल-अमेरिकाको आक्रमणबाट इरानमा अहिलेसम्म हजारभन्दा बढी जनाको मृत्यु भइसकेको जनाएको छ।


प्रतिकृया दिनुहोस्