Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मतदानका लागि निर्धारित समय सकियो, लाइनमा रहेकाहरूले भोट हाल्न पाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २१ गते


Advertisement

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत आज भएको मतदानका लागि निर्धारित समय सकिएको छ।

बिहान ७ बजेदेखि देशैभरि भएको मतदानका लागि निर्धारित समय सकिएको हो।

मतदानका लागि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको थियो।

सो समयभित्र मतदान स्थलमा प्रवेश गर्नेहरूले भने मतदान गर्न पाउने छन्।

लाइनमा रहेका मतदाताहरूले मतदान गरिसकेपछि मुचुल्का उठाएर मतपेटिका बाँधिसकेपछि मतगणना स्थलमा ल्याइन्छ।

त्यसपछि सर्वदलीय बैठक राखेर मतगणना सुरू हुन्छ। निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतगणना चौबीस घन्टाभित्र सम्पन्न गर्ने दाबी गरेको छ ।


प्रतिकृया दिनुहोस्