Skip

Hamro Sanchar

स्याङ्जाको बालज्योति विद्यालयमा दुई घण्टा रोकिएको मतदान फेरि सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २१ गते


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालयमा विवाद हुँदा केही बेर रोकिएको मतदान फेरि सुरु भएको छ ।

निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि उत्पन्न विवादका कारण मतदान प्रक्रिया अवरुद्ध भएको थियो। मतदान केन्द्रमा १७१ मत खसिसकेपछि विवाद चर्किएको थियो ।

त्यसपछि तत्काल प्रयोगमा रहेका दुवै मतपेटिकालाई सिलबन्दी गरेर छुट्टै गणना गर्ने सहमति भएपछि मतदान पुनस् सञ्चालन गरिएको निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए ।

उनका अनुसार घटनाबारे निर्वाचन आयोगलाई जानकारी पठाइसकिएको छ ।

त्यसपछि प्रत्यक्ष र समानुपातिक दुवै तर्फका लागि नयाँ मतपेटिका राखेर मतदान प्रक्रिया अघि बढाइएको हो । झन्डै दुई घण्टा रोकिएको मतदान अहिले भने सहज रूपमा सञ्चालन भइरहेको छ ।

७०१ मतदाता रहेको उक्त केन्द्रमा अहिले मतदाता मतदान गर्न लाइनमा बसिसकेका छन् ।


प्रतिकृया दिनुहोस्