Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अर्काको नाममा मतदान गर्ने व्यक्ति पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २१ गते


Advertisement

काठमाडौं । अर्काको नाममा मतदान गर्ने एक व्यक्ति रौतहटबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा राजपुर नगरपालिका-९ बैरिया बस्ने १८ वर्षीय अरजे हयात रहेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय बैरिया अनाथालय मतदान स्थलबाट उनी पक्राउ परेका हुन्। महमद आसिकको नाममा भोट हाल्न लाइनमा बसिरहेको बेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले चेकजाँच गर्दा उनले अर्काको नाममा मतदान गर्ने तयारी गरेको खुलेको छ।

इलाका प्रहरी कार्यालय राजपुरबाट प्रहरी सहायक निरीक्षकद्वय राम भण्डारी र बहादुर श्रेष्ठको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पछि उनलाई इलाका प्रहरी कार्यालय राजपुरमा राखिएको छ।

त्यसैगरि राजपुर निवासी नुजमा बेगम पनि पक्राउ परेका छन्।

उनले पनि अर्काको नाममा भोट हाल्ने तयारी गरिरहेको बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ। बेगमलाई भने प्रहरीले छाडेको छ।


प्रतिकृया दिनुहोस्