Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १९ गते


Advertisement

एजेन्सी । कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीका दुई मुख्य ग्यास प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि तरलीकृत प्राकृतिक ग्यास उत्पादन रोकिएको छ। यस घटनापछि युरोपेली बजारमा ग्यासको मूल्यमा ठूलो उछाल आएको छ।

युरोपेली क्षेत्रका लागि ग्यासको महत्त्वपूर्ण मानिने ‘डच टिटिएफ प्राकृतिक ग्यास सम्झौता’ अनुसार नै इरानी आक्रमणपछि ग्यासको मूल्यमा लगभग ४५ प्रतिशतले बढेर ४६ यूरो भन्दा बढीमा पुगेको छ ।’

इरान युद्धका कारण खाडी क्षेत्रमा ग्यासको आपूर्ति कटौती हुने डरले ग्यासको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको थियो ।


प्रतिकृया दिनुहोस्