
काठमाडौं । इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि पाकिस्तानमा प्रदर्शन भएको छ।
पाकिस्तानको कराँचीस्थितम अमेरिकी नियोगको कार्यालयअगाडि आइबार बिहान प्रदर्शन भएको हो।
सो क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा ९ जनाको मारिएको पाकिस्तानी समाचार संस्था द डनले जनाएको छ।
डनले कराचीको सिभिल अस्पतालका डाक्टर मोहम्मद सबिर मेमनलाई उद्धृत गर्दै ९ जनाको मृत्यु र ३२ जना घाइते भएको उल्लेख गरेको छ।
मृतक र घाइतेको शरीरमा गोली लागेको चोट देखिएको छ।
प्रदर्शनको क्रममा सुरक्षाकर्मीले सुरूमा अश्रुग्यास प्रहार र लाठिचार्ज गरेको बताएको थियो।
घाइते हुनेमा दुई जना प्रहरी अधिकारीहरू समेत छन्।
उनीहरूको उपचारका लागि जिन्नाह पोस्टग्र्याजुएट मेडिकल सेन्टरमा लगिएको छ ।












