
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई थप शक्तिले प्रहार गर्ने चेतावनी दिएका छन्।
आइतबार ट्रुथ सोसियलमा पोष्ट गर्दै इरानमाथि थप शक्तिले प्रहार गर्ने चेतावनी दिएका हुन्।
‘इरानले कडासँग आक्रमण गर्ने, अहिलेसम्मकै कडासँग आक्रमण गर्ने भनेको छ,’ उनले भनेका छन्, ‘उनीहरूले त्यसो नगरोस्। यदी उनीहरूले त्यसो गरेमा हामी उनीहरूलाई कहिल्यै नदेखिएको शक्तिले प्रहार गर्नेछौं।’
त्यसअघि इरानी सभामुख मोहम्मद बकिर कालिबाफले ट्रम्प र इसराइललाई लक्षित गर्दै इरानमाथि गरिएको आक्रमणको मूल्य चुकाउनुपर्ने बताएका थिए।
अमेरिका र इसराइलको आक्रमणबाट इरानी सर्वोच्च नेता आयातोल्ला अली खामेनी मारिएका छन्। तेहरानमा गरेको हवाई हमलामा परी उनको मृत्यु भएको हो।
शनिबार इरानमाथि सैन्य कारबाही सुरू भएपछि इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आक्रमणको उद्देश्य इरानको नेतृत्व परिवर्तन रहेको भनेका थिए।
हमलापछि भिडिओ सन्देश जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानी जनतालाई सत्ता आफ्नो नियन्त्रणमा लिन आह्वान गरेका थिए।
एचझष्भचीबहmष् दबलप
शनिबार बेलुकीसम्म इरानले सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी गरेको थियो।
तर अमेरिकी(इसराइली हमलापछि खामेनी कतै देखिएका थिएनन्। यसअघि गत जुन महिनामा अमेरिकाले इरानमा शक्तिशाली हमला गर्दा खामेनीलाई सुरक्षित बंकरमा राखिएको थियो।
ल्अभिि
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार तेहरानमा खामेनीको निवास नजिकै शनिबार बिहान विस्फोटको भएको थियो। विस्फोटबाट खामेनीको निवाससँगै अन्य भवनहरूमा पनि क्षति पुगेको थियो।
सोही आक्रमणमा खामेनीसँगै उनकी छोरी, ज्वाँइ, बुहारी र नाति मारिएका थिए।
८६ वर्षीय खामेनीको मृत्यु भएपछि इरानमा विभिन्न स्थानहरूमा नागरिकहरूले उत्सव मनाएको भनेर अमेरिकी सञ्चारमाध्यमहरूले लेखेका छन्। यद्यपि इरानमा अमेरिका र इसराइलले आक्रमण जारी रहेको भनेकाले त्यहाँका नागरिकहरू अझै सुरक्षित घरभित्रै बसिरहेको भनिएको छ।
सन् १९८९ देखि इरानको नेतृत्वमा रहेका खामेनीको मृत्युपछि अब त्यहाँको नेतृत्व कसले सम्हाल्छ भन्ने चासो बढेको छ।
यसअघि जुन महिनामा इरानमाथिको हमलामा अमेरिकाले साथ दिएपछि इसराइलले खामेनीको हत्या गर्ने योजना बनाएको थियो। त्यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमति नजनाएपछि खामेनीको हत्या योजनाबाट इसराइल पछि हटेको थियो ।












