
काठमाडौं । अमेरिकी आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेनईको मृत्यु भएको पुष्टि भएको छ l।
इरानी सरकारी टेलिभिजनले खामेनीईको मृत्युको पुष्टि गरेको हो ।
उनको शोकमा सरकारले देशव्यापी रूपमा ४० दिने सार्वजनिक शोकको घोषणासमेत गरेको छ ।
यसअघि नै इरानी सञ्चारमाध्यमले खामेनीको मृत्युको खबर सार्वजनिक गरे तापनि, उनी कसरी मारिए भन्नेबारे विस्तृत विवरण भने अझै खुलाइएको छैन ।
ल्ःद्य द्यबलप
४० इरानी अधिकारी मारिएको दाबी
एक अमेरिकी गुप्तचर स्रोत र एक सैन्य स्रोतले सीबीएस न्यूजलाई बताएअनुसार, अमेरिका र इजरायलको संयुक्त आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईसहित करिब ४० जना इरानी अधिकारी मारिएको बीबीसीले जनाएको छ ।
ती अधिकारीहरू एउटै स्थानमा थिए वा फरक–फरक स्थानमा थिए भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन ।
स्रोतहरूका अनुसार, मारिनेहरूमा इरानका सर्वोच्च नेता अली खामेनेई, इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका कमान्डर तथा रक्षामन्त्रीसमेत रहेका छन् ।
यसअघि इजरायलले अन्य सातजना उच्च अधिकारीहरूको पहिचान गर्दै उनीहरूलाई मारेको दाबी गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बमबारी जारी रहने बताउँदै भनेका थिए, “इरानी जनताका लागि आफ्नो देश फिर्ता लिने यो नै सबैभन्दा ठूलो र एकमात्र अवसर हो ।”
जवाफमा इरानले मध्यपूर्वका विभिन्न स्थानमा आक्रमणहरू सुरु गरेको थियो । अमेरिकी सैन्य अड्डा रहेका वा अमेरिकासँग निकट सम्बन्ध भएका दुबई, दोहा, बहराइन र कुवेतमा इरानी प्रहार भएको रिपोर्ट प्राप्त भएको छ ।
रेड क्रिसेन्टका अनुसार इरानभर अहिलेसम्म २०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
इरानी नौसेनालाई ‘नष्ट’ गर्ने अमेरिकी रक्षा मन्त्रीको चेतावनी
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले ‘इरानी नौसेना नष्ट गरिने’ चेतावनी दिएका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा निर्धारित लक्ष्य प्राप्त गर्न अमेरिकी सैन्य बललाई पूर्ण रूपमा परिचालन गरिएको समेत बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै हेगसेथले अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानले गरेको प्रतिशोधात्मक आक्रमणमा अमेरिकीहरूलाई निशाना बनाउने शक्तिशाली मिसाइलहरू वासिंगटनले नसहने बताए ।
उनले भनेका छन्, “ती मिसाइलहरूका साथै इरानको मिसाइल उत्पादन केन्द्रहरू पनि नष्ट गरिनेछन् । इरानी नौसेनालाई ध्वस्त पारिनेछ












