Skip

Hamro Sanchar

छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १७ गते


काठमाडौं । इरानका सञ्चारमाध्यम तस्निम र फार्स समाचार एजेन्सीले देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि गरेका छन्।

उनीहरूका अनुसार इजरायल-अमेरिकाको आक्रमणमा खामेनीसँगै उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएका छन्।

यद्यपि इरानी सरकारले आधिकारिक रूपमा यसको पुष्टि गरिसकेको छैन।

सीएनएनसँग कुरा गर्दै इजरायली अधिकारीहरूले आफूहरूसँग भग्नावशेषबाट बरामद गरिएको खामेनीको शवकै तस्बिर रहेको दाबी गरेका छन्।

इजरायल र अमेरिकाले शनिबार गरेको संयुक्त हवाई आक्रमणमा खामेनीको घर पूर्ण रूपमा ध्वस्त भएको छ ।


प्रतिकृया दिनुहोस्