Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पाकिस्तानलाई आक्रमणको जवाफ दिइने तालिबानको चेतावनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १४ गते


Advertisement

काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले हालै पाकिस्तानले गरेको हवाई आक्रमणको जवाफ दिने बताएको छ।

पाकिस्तानले गत आइतबार राति अफगानिस्तानको सीमासँग जोडिएको नान्गरहार र दक्षिणपूर्वी पक्तिका प्रान्तहरूमा हवाई आक्रमण गरेको थियो। पाकिस्तानले ‘आतंकवादी बस्ने ठाउँ’लाई लक्ष्य गरेर हमला गरिएको दाबी गरेको थियो।

तालिबानले भने पाकिस्तानले अफगान नागरिकहरूलाई लक्ष्य गर्ने र देशमा आईएसआईएस लडाकुलाई आश्रय दिइरहेको आरोप लगाएको छ।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बुधबार समाचार च्यानल अल अरेबिया अंग्रेजीसँग भनेका छन्, ‘स्वाभाविक रूपमा यो सैन्य प्रतिक्रिया हुनेछ, तर विवरण गोप्य छन्। पाकिस्तानलाई लज्जास्पद कार्यका लागि जवाफदेही बनाउनुपर्छ।’

जबिहुल्लाह मुजाहिदका अनुसार, पाकिस्तानको आक्रमणले नान्गरहारमा एकै परिवारका १७ सदस्य मारिएका छन् र पाँच जना घाइते भएका छन् ।


प्रतिकृया दिनुहोस्