Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

उत्तर कोरियाको सत्तारुढ पार्टीको महासचिवमा पुन: किम चयन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ११ गते


Advertisement

काठमाडौं । उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुनस् त्यहाँका सर्वोच्च नेता किम जोङ-उन चयन भएका छन्।

कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)का अनुसार राजधानी प्योङयाङमा जारी पार्टीको महाधिवेशनले फेरि उनलाई महासचिव पदमा निर्वाचित गरेको हो।

महाधिवेशनको चौथो दिन हजारौँ प्रतिनिधिको ‘अटल र सर्वसम्मत इच्छा’का आधारमा फेरि किमलाई महासचिव चयन गरिएको बताइएको छ।

योसँगै यसपटक उनकी छोरी महासचिव हुने अनुमानको अन्त्य भएको छ।

वर्कर्स पार्टीको नियमअनुसार सन् २०१६ यता प्रत्येक पाँच वर्षमा महाधिवेशन गरी महासचिव चयन गर्ने गरिन्छ।

बयालिस वर्षीय किम सन् २०२१ देखि पार्टीको महासचिव छन्।

गत बिहीबारदेखि जारी वर्कर्स पार्टीको महाधिवेशनले किमको नेतृत्वमा देशले आफ्नो आणविक क्षमता बलियो बनाएको र कुनै पनि बाह्य खतराको सामना गर्ने शक्ति प्राप्त गरेको ठहर गरेको छ।

महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा आगामी पाँच वर्षमा सैन्य र राजनीतिक लक्ष्य अझ आक्रामक रूपमा अघि बढाइने उल्लेख गरिएको छ।

आणविक कार्यक्रममा जोड
किमले आफ्नो आणविक र क्षेप्यास्त्र नीति अझ तीव्र बनाउने अनुमान विज्ञहरूले गरेका छन्।

उत्तर कोरियाले पहिले नै एसिया र अमेरिकी मुख्य भूमिमा रहेका अमेरिकी सहयोगीहरूसम्म पुग्न सक्ने क्षेप्यास्त्र विकास गरिसकेको छ।

आणविक शक्तिले देशको सुरक्षा सुनिश्चित गरेको र जनताको विश्वास बढाएको दाबी पार्टीले गरेको छ।


प्रतिकृया दिनुहोस्