
काठमाडौं । पाकिस्तानले अफगानिस्तानसँगको सीमा क्षेत्रमा ‘आतंकवादी लुकेका सात स्थान’मा आक्रमण गरिएको बताएको छ।
पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले फितना अल(खवारिज ९एफएके० सम्बद्ध पाकिस्तानी तालिबान र इस्लामिक स्टेट अफ खोरासान प्रान्त ९आईएसकेपी० लाई निसाना बनाइएको दाबी गरेको छ।
देशमा हालै भएका आत्मघाती आक्रमणको प्रतिक्रियामा यो कारबाही गरिएको पाकिस्तानको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, ‘आतंकवादी हमला अफगानिस्तानमा आधारित नेतृत्व र ह्यान्डलरहरूको निर्देशनमा ख्वारिज समूहले गरेको बलियो प्रमाण पाकिस्तानसँग छ। हमलाको जिम्मेवारी अफगानिस्तानस्थित फितना अल(ख्वारिजसँग सम्बद्ध पाकिस्तानी तालिबान, उसका सहयोगी संगठन र इस्लामिक स्टेट अफ खोरासान प्रान्तले लिएका छन्।’
पाकिस्तानले भनेको छ, ‘ती समूहविरुद्ध ठोस कारबाही गर्न हामीले अफगान तालिबान सरकारलाई बारम्बार भन्यौँ तर कारबाही गरेन।’
यसैबिच अफगान तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले अफगान सीमा उल्लंघन गरेको आरोप लगाएका छन्।
उनले पाकिस्तानी सेनाको आक्रमणबाट महिला र बालबालिकासहित दर्जनौँ मानिस मारिएको र घाइते भएको दाबी पनि गरेका छन्।
जबिहुल्लाह मुजाहिदले विज्ञप्तिमा भनेका छन्, ‘हिजो राति पाकिस्तानी सेनाले नान्गारहार र पक्तिका प्रान्तमा हाम्रा निर्दोष नागरिकहरूमाथि बमबारी गरेको थियो, जसमा परी महिला र बालबालिकासहित दर्जनौँ मानिस मारिएका र घाइते भएका छन्।










