Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

इरानमा भएको विरोध प्रदर्शनमा ३२ हजार मानिस मारिए : ट्रम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ९ गते


Advertisement

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जनवरीमा भएको विरोध प्रदर्शनमा ३२ हजार मानिस मारिएको दाबी गरेका छन्।

इरानमा भएको विरोध प्रदर्शनबाट मृत्यु भएकाको संख्याबारे ट्रम्पले शुक्रबार पहिलोपटक टिप्पणी गरेका हुन्।

ह्वाइट हाउसमा पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै उनले भने, ूउनीहरूले निष्पक्ष सम्झौतामा पुग्नुपर्छ। इरानी जनता आफ्ना नेताभन्दा धेरै फरक छन् र यो धेरै दुःखद अवस्था हो। छोटो समयमा त्यहाँ ३२,००० जना मारिए।’

उनले थपे, ‘उनीहरूले ८३७ जनालाई मृत्युदण्ड दिन लागेका थिए। तर मैले सन्देश पठाउँदै भनेँ- एक जनालाई पनि मृत्युदण्ड दिइयो भने तुरुन्तै आक्रमण गरिनेछ। अनि उनीहरूले मृत्युदण्ड रोके।’

बीबीसीका अनुसार अमेरिकाका राष्ट्रपति ट्रम्पलाई इरानमा आक्रमण गर्ने तयारी भइरहेको हो भनेर पनि सोधिएको थियो।जवाफमा उनले भने, ‘इरानमा सीमित सैन्य हमला गर्ने विचार गरिरहेको छु ।


प्रतिकृया दिनुहोस्