Skip

Hamro Sanchar

भारतकाे सडकमै विमान अवतरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ३ गते


काठमाडौं । भारतको असम राज्यमा सडकमै विमान अवतरण भएको छ । प्रधानमन्त्रीले नरेन्द्र मोदीले उक्त लडाकु विमान सडकमै अवतरण गराएका हुन् ।

भारतीय रक्षाविज्ञहरूले यसलाई चीन सीमानजिक दिइएको एक रणनीतिक सन्देशका रूपमा व्याख्या गरेका छन् । उनीहरूका अनुसार, यो ‘अपरेसन सिन्दूर’ बाट प्राप्त पाठको परिणाम हो ।

मोरान बाइपासमा ४.२ किमि लामो यो सुदृढ सडक भारतीय वायुसेना (आईएएफ) सँगको सहकार्यमा तयार पारिएको हो ।

भारतीय प्रधानमन्त्री मोदीले सी–१३०जे सुपर हरक्युलिस विमानबाट यहाँ अवतरण गराएका थिए । अवतरणपछि राफेल, सुखोई एसयू–३०एमकेआई र अन्य लडाकु जेटहरूले यहाँबाट उडान, अवतरण र फ्लाइ–पास्टसहितको एयर सो प्रस्तुत गरेका थिए ।

यसको उद्देश्य कुनै शत्रुले प्रमुख हवाई अड्डामा आक्रमण गर्न सफल भए पनि भारतीय वायुसेनाले लडाइँ जारी राख्न सकोस् भन्ने सुनिश्चित गर्नु रहेको बताइएको छ ।


प्रतिकृया दिनुहोस्