Skip

Hamro Sanchar

खालिदा जियाका छोरा बंगलादेशको प्रधानमन्त्री बन्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १ गते


काठमाडौं । ३५ वर्षपछि बंगलादेशमा पुरुष प्रधानमन्त्री हुने भएका छन। सुरुमा बंगलादेशमा काजी जफर अहमद १९८८ मा प्रधानमन्त्री बनेका थिए।

त्यसपछि १९९१ देखि २०२४ सम्म शेख हसिना र खालिदा जिया आलोपालो प्रधानमन्त्री भइरहेका थिए।

सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिनाको बहिर्गमन र पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनपछि बंगलादेशमा पहिलोपटक बिहीबार (फेब्रुअरी १२ तारिख) भएको संसदीय निर्वाचनले पुरुष प्रधानमन्त्री बन्ने निश्चित भएको हो।

हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाएर गरिएको चुनावमा खालिदा जियाका छोरा तारिक रहमानको पार्टी बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी)ले बहुमत हासिल गरेको छ। योसँगै रहमान नै प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ।

बीएनपीले २९९ सिटमध्ये १६५ सिट जितेको हो। दुई क्षेत्रमा चुनाव लडेका रहमानले पनि दुवै सिट जितेका छन्।

उनी बेलायतमा १७ वर्ष निर्वासित जीवन बिताएपछि गत डिसेम्बर २५ तारिख मात्र स्वदेश (बंगलादेश)फर्किएका थिए।

जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११-दलीय गठबन्धनले अहिलेसम्म ४५ सिट मात्र जितेको छ। अहिलेसम्म २०६ सिटको नतिजा सार्वजनिक गरिएको छ।


प्रतिकृया दिनुहोस्