Skip

Hamro Sanchar

चीनको खुलापन र १५और पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २३ गते


काठमाडौं । नेपाल – चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष लाभ उठाउनसक्नुपर्ने बताएका छन् ।

फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा चीनको विकास सम्बन्धि अध्यता एवम अनुसन्धानकर्ता रोयल आचार्यले चीनको आगामी पञ्चवर्षीय योजना र नेपालका अवसरबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनको कार्यपत्रमा चीनको १५ औं पञ्चवर्यीय योजनाका विशेयता समेटिएको थियो । राषिय सुरक्षा र दीग‍ विकास,युवा केन्द्रित नीति, सीपमा आधारित नीति , सेवा मुलक कारणबारे, कृषिमा आधारित उत्पादन, गुणस्तरीय उत्पादन, ग्रामीण विकास, उत्पादन हेरेर लगान लगायतका विषय योवनामा समेटिएका छन् ।

उनको प्रितवेदनमागि डा रघु वाग्ले र डा मुक्ति रिजालले टिप्पणी गरेका थिए । विकासको दीर्घकालीन सोच र कार्यबारे चीनसंग सिक्नुपर्ने उनीहरुको भनाइ थियो ।

चीनले हरेक योजना कार्यान्वयनमा सफलता हासिल गरेर भन्दै उनीहरुले नेपालमा योजनाा कार्यान्वयनमा सबैभन्दा बढि लापरवनही हुने गरेको औंल्याए ।

चीनले तीव्र गतिमा आथिक विकस गरिरहेकाले चाँडै विश्व शक्तिको पहिलो नम्बरमा आफुलाई उभ्याउन चीन सफल हुने उनीहरुको दाबी छ ।

चीनले आफ्नो मात्र नभई संसारकै गरिबी निवारणमा महत्त्वपूर्ण योगदान दिएको समेत उनीहरुको भनाइ छ ।

संस्थाका अध्यक्ष शोभित उप्रेतीले वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, जलश्रोतविद कृष्णप्रसाद भन्डारी र राप्रपाका नेता श्याम घिमिरेलाई समारोहमा सम्मान गरेका थिए ।


प्रतिकृया दिनुहोस्