Skip

Hamro Sanchar

प्रचण्डको दाबी : नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २१ गते


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी एक नम्बर बन्ने सम्भावना रहेको दाबी गरेका छन्।

बुधबार काठमाडौँको स्वयम्भूमा आयोजित मुस्ताङ-काठमाडौँ सम्पर्क मञ्चको चुनावी अभियान कार्यक्रमलाई सम्बोधन गर्दै धाँधलिरहित चुनाव भएमा नेकपा पहिलो दल बन्ने बताएका हुन्।

‘स्वच्छ, निष्पक्ष र धाँधलिरहित निर्वाचन हुँदा हाम्रो नेपाली कम्युनिस्ट पार्टी एक नम्बर पार्टी बन्ने सम्भावना छ,’ उनले भने।

सामाजिक सञ्जालमा गरिने चर्चाले चुनावमा मत नआउने उनको भनाइ थियो। नयाँ दलहरूप्रति इंगित गर्दै प्रचण्डले भने, ‘सोसियल मिडियामा हाहा र हुहु गरेर केही हुनेवाला छैन।’

अहिले जनता नेकपाको पक्षमा रहेको उनको जिकिर थियो। ‘यो राष्ट्रले बुझिसकेको छ, राष्ट्रलाई एकतावद्ध गर्नसक्ने, सबैलाई जोड्न सक्ने अनि भ्रष्टाचारका विरुद्ध र सामाजिक न्यायका पक्षमा, सुशासन र आर्थिक विकासका पक्षमा अगाडि लान सक्ने तथा विश्वभरीका हाम्रा मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलित राख्न सक्ने नेता र पार्टी को हो भने नेपाली जनताले बुझिसकेको छ,’ प्रचण्डले थपे, ‘त्यसकारण सही किसिमले निर्वाचन हुँदा हामी यो पटक सही पोजिसनमा आउँछौँ।


प्रतिकृया दिनुहोस्