२ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुँदैछ।
आज प्रधानमन्त्री शाहलाई भेटेर उनी भोलि बुधबार स्वदेश फर्किने कार्यसूची छ ।
भारतीय स्थल सेना प्रमुख सेठ चार दिने भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए ।
सोमबार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
साथै प्रधानसेनापति अशोकराज सिग्देलसँग दुईपक्षीय भेटवार्ता समेत गरेका थिए ।






























