२ भदौ, काठमाडौं । प्रहरीले बाँकेको कोहलपुरबाट १३ किलो ६४ ग्राम अफिम र १४८ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र सुर्खेतस्थित संयुक्त टोलीले विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार पक्राउ पर्नेमा रुकुमपूर्वको सिस्ने गाउँपालिका १ का ४३ वर्षीय कर्णबहादुर बुढा र कोहलपुर ६ का ६० वर्षीय टोपजङ्ग भन्ने टाइपसिंह गिरी छन्।
उनीहरूबाट लागु औषधसहित एक थान डिजिटल तराजु, नगद रु पाँच हजार र २ थान मोवाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरुलाई पक्राउ गर्न एक राउण्ड हवाइफायरसमेत गरिएको छ।






























