Skip

Hamro Sanchar

७७ वटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, अब राहदानीलेखी शैक्षिक प्रमाणपत्र घरै पुग्छ !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २ गते


Advertisement

२ भदौ, काठमाडौं । बालेन सरकारले हुलाक सेवालाई आधुनिक र नागरिकमैत्री बनाउने अभियानअन्तर्गत ‘सरकारी कुरियर सेवा’ देशका ७७ वटै जिल्लामा विस्तार गरेको छ।

अब राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्रदेखि विभिन्न सरकारी कागजात तथा सामग्री सेवाग्राहीको घरदैलोसम्मै पुग्ने भएका छन्।

हुम्लामा जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयबीच सरकारी कागजात घरदैलोमा पुर्‍याउने सम्झौता भएसँगै सेवा देशभर विस्तार भएको हो।

हुलाक सेवा विभागका अनुसार भदौ १ गतेसम्म २ लाख ५१ हजार ५०१ थान राहदानी हुलाकमार्फत जिल्ला प्रशासन कार्यालयमा पुर्‍याइसकिएको छ। त्यसमध्ये ८ हजार ७१२ थान राहदानी सेवाग्राहीको घरमै वितरण गरिएको छ।

त्यस्तै, यातायात व्यवस्था विभागबाट प्राप्त १० लाख ३८ हजार ८०८ थान सवारी चालक अनुमतिपत्र विभिन्न यातायात कार्यालयमा पुर्‍याइएको छ। यसमध्ये १ हजार ९९ थान लाइसेन्स घरदैलोमै वितरण भइसकेको विभागले जनाएको छ।

अब शैक्षिक प्रमाणपत्रसमेत घरमै पुग्ने भएको छ। नेपाल खुला विश्वविद्यालयसँगको सम्झौतापछि यस्तो सेवा सुरु भइसकेको छ भने त्रिभुवन विश्वविद्यालयसँग पनि सम्झौताको तयारी भइरहेको छ।

स्वास्थ्य क्षेत्रमा समेत हुलाकको प्रयोग बढाइएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा १७ अस्पतालका १ हजार ५१० प्रयोगशाला नमुना तथा स्वास्थ्यसम्बन्धी हजारौँ सामग्री ढुवानी गरिएको छ।

सरकारले हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’मा रूपान्तरण गर्ने तयारीसमेत अघि बढाएको छ। पहिलो चरणमा ५० वटा हुलाक कार्यालय छनोट गरिएको छ।

यससँगै औषधिजन्य सामग्री, सरकारी कागजात, जग्गाधनी पुर्जा, पार्सल तथा द्रुत हुलाक सेवासमेत विस्तार गर्ने सरकारको योजना छ।


प्रतिकृया दिनुहोस्