
काठमाडौं । लिबियामा एकपटक फेरि राजनीतिक तनाव चरम बिन्दुमा पुगेको छ ।
लिबियाका पूर्वतानाशाह मुअम्मर गद्दाफीका छोरा सैफ अल–इस्लाम गद्दाफीको जिन्टान सहरस्थित आफ्नै घरमा गोली हानी हत्या भएको छ ।
५३ वर्षीय सैफ मंगलबार आफ्नो घरको बगैँचामा टहलिरहेका बेला चारजना अज्ञात बन्दुकधारीहरूले उनीमाथि गोली प्रहार गरेका थिए । लिबियाली अधिकारी र पारिवारिक स्रोतले यस घटनाको पुष्टि गरेका छन् ।
१५ वर्षअघि उनका पिता मुअम्मर गद्दाफीको पनि विभत्स ढंगले हत्या गरिएको थियो ।
सैफ अल–इस्लाम कुनै समय लिबियाको सत्ताका प्रमुख दाबेदार र आफ्ना पिताको शासनकालमा सबैभन्दा शक्तिशाली व्यक्तित्व मानिन्थे । यो हत्याले लिबियाको अस्थिर सुरक्षा अवस्था र लामो समयदेखि चलिरहेको राजनीतिक संघर्षलाई पुनः विश्वको केन्द्रमा ल्याइदिएको छ ।
चार नकावधारी बन्दुकधारीद्वारा घरमै आक्रमण
लिबियाली सञ्चारमाध्यमका अनुसार सैफ अल–इस्लामका वकिल खालिद अल–जायदी र उनका राजनीतिक प्रतिनिधिहरूले उत्तर–पश्चिमी लिबियाको जिन्टान सहरमा उनको हत्या भएको पुष्टि गरेका छन् ।
उनको राजनीतिक टोलीका अनुसार चारजना नकावधारी बन्दुकधारीहरूले घरभित्र पसेर सुरुमा सुरक्षा क्यामेराहरू निष्क्रिय पारेका थिए । त्यसपछि भएको केही बेरको झडपपछि उनीहरूले सैफमाथि गोली प्रहार गरेका थिए ।
लिबियाली अधिकारीहरूले यस हत्याकाण्डको अनुसन्धान सुरु गरिसकेका छन् ।
आक्रमणकारीहरू ‘कमान्डो युनिट’जस्तो देखिएको बताइए पनि यो हत्याको पछाडि कसको हात छ र मुख्य उद्देश्य के थियो भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी बाहिर आएको छैन । फ्रान्स
















