Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अमेरिकी सेनाले सिरियामा गर्‍यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २७ गते


Advertisement

काठमाडौं । अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकमले सिरियामा इस्लामिक स्टेट (आईएस)विरुद्ध ठुलो मात्रामा आक्रमण सुरु गरिएको बताएको छ।

सेन्टकमले एक्समार्फत अमेरिकी र सहयोगी सेनाहरूले आईएसलाई लक्ष्य गरी सिरियामा हमला थालिएको जानकारी दिएको हो।

सेन्टकमले एक्समा भनेको छ, ‘यो आक्रमण २०२५ डिसेम्बर १९ मा घोषणा गरिएको अपरेसन होकआई स्ट्राइकको अंश हो।’

सेन्टकमका अनुसार २०२५ डिसेम्बर १३ मा सिरियामा अमेरिकी सेनामाथि भएको घातक आईएस आक्रमणको जवाफमा अपरेसन होकआई स्ट्राइक सुरु गरिएको थियो।

सेन्टकमले भनेको छ, ‘हाम्रो सन्देश स्पष्ट छ स् यदि हाम्रा सेनालाई हानि पुर्‍यायौ भने संसारका जुनसुकै ठाउँमा भए पनि हामी तिमीहरूलाई खोजीखोजी मार्नेछौँ, बच्न जतिसुकै प्रयास गरे पनि।’


प्रतिकृया दिनुहोस्