Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हाल भेनेजुएलाको ‘कमान्ड’ अमेरिकाको हातमा छ : ट्रम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २१ गते


Advertisement

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला आफ्नो देशको नियन्त्रणमा रहेको बताएका छन्।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको दम्पतीलाई अपहरण गरी अमेरिका पुर्‍याएपछि ट्रम्पले आइतबार राति एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ‘हाल भेनेजुएलाको कमान्ड अमेरिकाको हातमा रहेको’ बताएका हुन्।

ट्रम्पले अगाडि भने, ‘अमेरिका भेनेजुएलाको नयाँ नेतृत्व अर्थात् कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसँग प्रत्यक्ष सम्पर्कमा छ।’

तर व्यक्तिगत रूपमा अहिलेसम्म डेल्सीसँग आफ्नो कुरा नभएको उनले बताए। उनले भने, ‘मेरा सहयोगीहरूले उनीसँग सम्पर्क गरिरहेका छन्।’

उपयुक्त समयमा आफू पनि डेल्सीसँग कुरा गर्ने उनले बताए।यसबीच ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सीलाई धम्की पनि दिएका छन् ।


प्रतिकृया दिनुहोस्