Skip

Hamro Sanchar

भेनेजुएलामा उपराष्ट्रपति रोड्रिगेजलाई दिइयो अन्तरिम राष्ट्रपतिको जिम्मेवारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २० गते


काठमाडौं । भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मादुरोको अनुपस्थितिमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुपर्ने फैसला गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, यसअघि भेनेजुएलाको उच्च अदालतले डेल्सी रोड्रिगेजलाई यो जिम्मेवारी सुम्पनु ुप्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्नु आवश्यक रहेको बताएको थियो ।

देशको निरन्तरता, सरकारको कार्यप्रणाली र सार्वभौमसत्ताको रक्षा गर्न राष्ट्रपतिको अनुपस्थितिको अवस्थामा कस्तो कानुनी रूपरेखा लागु हुन्छ भनेर निर्धारण गर्न अदालतले यस विषयमा थप विचार विमर्श गर्ने पनि बताएको छ ।

अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई आफ्नो देश लगेको छ । बीबीसी


प्रतिकृया दिनुहोस्