Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अनसनरत निकोलस भुसाललाई उपचारका लागि वीर अस्पताल लगियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १६ गते


Advertisement

काठमाडौँ । विभिन्न माग राख्दै अनसनरत डा निकोलस भुसालको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ ।

काठमाडौंको माइतीघर मण्डलामा ९ दिनदेखि अनसनरत भुसालको स्वास्थ्यमा समस्या भएपछि नेपाल चिकित्सक संघको पहलमा उपचारका लागि वीर अस्पताल लगिएको हो ।

भुसालको स्वास्थ्यमा समस्या भएपछि चिकित्सकको टोलीले माइतीघरमा स्वास्थ्य अवस्थाको जाँच गरेको थियो । जाँचका क्रममा थप उपचार आवश्यक देखिएपछि भुसाललाई अस्पताल लगिएको संघले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने लगायतका माग भुसाल अनसनमा बसेका हुन् ।


प्रतिकृया दिनुहोस्