Skip

Hamro Sanchar

प्रचण्ड भन्छन् : जेनजी आन्दोलनले आत्मसमीक्षा गर्न प्रेरित गर्‍यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १६ गते


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको कार्यक्रममा प्रचण्डले अब नयाँ संकल्प र प्रतिबद्धतासहित जनताको आवश्यकतालाई सम्बोधन गर्ने कि आफ्नो औचित्य सकिएको स्वीकार गर्दै पन्छिने भन्ने निर्णायक अवस्थामा राजनीति पुगेको बताए ।

जेनजी आन्दोलनले आत्मसमीक्षा गर्न उत्प्ररित गर्‍यो । हामी सबैकाअगाडि आत्मसमीक्षा गर्न जरुरी छ । नयाँ संकल्प र प्रतिबद्धतासहित जनताको अवश्यकतालाई अगाडि बढ्ने वा आफ्नो औचित्य सकियो भनेर पन्छिने अवस्था बनाइदिएको छ,नप्रचण्डले भने ।

देश अहिले विरलै देखिने गम्भीर संकटबाट गुज्रिरहेको उल्लेख गर्दै प्रचण्डले यसको समाधान सर्वपक्षीय सहमति र संकल्पबाट मात्रै सम्भव हुने बताए । सबै राजनीतिक शक्ति मिलेर अघि बढ्ने वातावरण बन्दै गएको उनको भनाइ छ ।

देश अन्योलमा छैन भन्ने सन्देश प्रधानमन्त्रीले दिन सफल भएको भन्दै उनले त्यसका लागि धन्यवाद व्यक्त गरे । अहिले जनता र राजनीतिक दलहरू निर्वाचनको कुनै विकल्प छैन भन्ने निष्कर्षमा पुगेका उनको भनाइ छ ।

ूदेश निकै अप्ठ्यारो परिस्थितिबाट ग्रुजिएको छ । यो विरलै आउने संकट हो । हामीले यो संकटको समाधान गर्ने भनेको सर्वपक्षीय सहमतिबाट अघि बढ्नुपर्छ । सर्वपक्षीय संकल्पबाट अघि बढ्ने वातावरण बनेको छ, उनले भने ।

विकास र समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ छ । निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको उनले बताए । निजी क्षेत्रलाई प्रोत्साहन नगरेसम्म देशले आर्थिक प्रगति हासिल गर्न नसक्ने उनको भनाइ थियो ।

शान्ति, स्थायित्व र समृद्धि आजको मुख्य आवश्यकता भएको उल्लेख गर्दै प्रचण्डले त्यसका लागि निर्वाचन सम्पन्न गर्नु र आगामी सरकारमार्फत संविधान संशोधन गर्नु नै दीर्घकालीन समाधान भएको बताए ।


प्रतिकृया दिनुहोस्