Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

थाइल्याण्ड र कम्बोडियाबीच फेरि युद्धविराम सम्झौता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १२ गते


Advertisement

काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच पछिल्ला केही दिनदेखि जारी तनाव र सीमा क्षेत्रमा झडपपछि फेरि युद्धविराम सम्झौता भएको छ।

कम्बोडियाको रक्षा मन्त्रालयले दुई देशबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको बताएका छन्।

झन्डै तीन साताअघि थाइल्याण्ड र कम्बोडियाबीच एक अर्कामाथि युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै सीमानामा झडप भएको थियो।

दुई देशबीच जुलाई महिनामा युद्धविराममा सहमति भएको थियो।

त्यसपछि दुवै देशबीच फेरि तनाव चर्किएको थियो। पछिल्ला झडपका क्रममा थाइल्याण्ड र कम्बोडियाले एक–अर्कामाथि हिंसा सुरु गरेको आरोप लगाउँदै आएका थिए।

यस वर्ष मे महिनादेखि बढ्दै गएको तनावका कारण अहिलेसम्म ४० भन्दा बढी मानिसको मृत्यु भइसकेको बताइएको छ। संघर्ष सुरु भएयता दुवै देशबीचको आपसी व्यापार ठप्प छ भने यात्रा प्रतिबन्ध पनि लगाइएको छ।

गत सोमबार थाई सेनाले थाइल्याण्डको उबोन रात्चाथानी प्रान्तमा कम्बोडियाली गोलीबारीको जवाफ दिएको जनाएको छ।

थाई सेनाका अनुसार विवादित सीमा क्षेत्रमा हवाई आक्रमणसमेत गरेको थियो।

तर कम्बोडियाको रक्षा मन्त्रालयले भने प्रेह विहियर प्रान्तमा पहिलो आक्रमण थाई सेनाले नै गरेको दाबी गरेको छ।

दुवै पक्षका अधिकारीहरूका अनुसार सोमबार भएको झडपपछि कम्तीमा एक जना थाई सैनिक र चार जना कम्बोडियाली सर्वसाधारणको मृत्यु भएको छ । यस घटनामा झन्डै एक दर्जन मानिस घाइते भएका थिए।


प्रतिकृया दिनुहोस्