Skip

Hamro Sanchar

७५० केजी गाँजासहित दुईजना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १२ गते


उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुईजना पक्राउ परेका छन् ।

को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए ।

गाँजाका साथ जिपचालक बेलटार नगरपालिका–६ का रवीन राई र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ ।


प्रतिकृया दिनुहोस्