Skip

Hamro Sanchar

माइतीघरमा जेनजिको नारा : ओलीको खेलमा, सुशिलाको झेलमा, जेनजी सबै जेलमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ११ गते


काठमाडौँ। माइतीघर मण्डलामा जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।

जेनजी आन्दोलनपछि बनेको सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्‍दै उनीहरूले माइतीघरमा उभिएर ब्यानरसहित प्रदर्शनमा उत्रिएका हुन्।

उनीहरूले ‘सुशीलाको पाराले, दुस्ख पाए साराले’, ‘सम्पूर्ण जेनजी पुस्ता एक हौं,’ ‘ जेनजीको आडमा चुरीफुरी, सुशिला सरकार कुरीकुरी, ‘ओलीको खेलमा, सुशिलाको झेलमा, जेनजी सबै जेलमा’ लगायतका नारा बनाएका पम्प्लेट बोकेका छन् ।


प्रतिकृया दिनुहोस्