
काठमाडौं । बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई दिइएको मृत्युदण्डको सजायको विरोधमा देशव्यापी आन्दोलनको घोषणा भएको छ ।
उनको पार्टी अवामी लिगले मंगलबार ९नोभेम्बर २५० देखि नोभेम्बर ३० सम्म देशभर विरोध प्रदर्शन र प्रतिरोध मार्च निकाल्ने घोषणा गरेको छ ।
पार्टीले यो सजायलाई अवैध न्यायाधिकरणको अवैध फैसला बताउँदै यसलाई राजनीतिक षड्यन्त्र बताएको छ ।
नोभेम्बर १७ मा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले ७८ वर्षीया हसिना र तत्कालीन गृहमन्त्री असदुज्जामान खान कमाललाई मानवताविरुद्धको अपराध गरेको आरोपमा फाँसीको सजाय सुनाएको थियो ।
दुवै नेताको मुद्दा उनीहरूको अनुपस्थितिमा चलाइएको थियो । हसिना हाल भारतमा छिन् भने कमाल पनि भारतमै लुकेको हुनसक्ने आशंका गरिएको छ ।
गत वर्ष अगस्ट ५ मा विद्यार्थीको नेतृत्वमा भएको जुलाई विद्रोह नामको हिंसात्मक विरोध प्रदर्शनले शेख हसिनाको अवामी लिग सरकारलाई ढालेको थियो । गत वर्ष जुलाई १५ देखि अगस्ट १५ बीचमा भएको आन्दोलनमा लगभग १४ सय मानिस मारिएका थिए ।

















