Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शेख हसिनाविरुद्ध फाँसीको सजाय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १ गते


Advertisement

काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै आज मृत्युदण्डको सजाय सुनाएको छ।

शेख हसिनालाई गत वर्ष जुलाई-अगस्टमा भएको विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको मुद्दा लगाइएको थियो।

भारतमा निर्वासनमा बसिरहेकी शेख हसिनाको अनुपस्थितिमा उनीविरुद्ध मुद्दा चलाइएको थियो।

४५३ पृष्ठको फैसला पढ्नुअघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले यो ६ भागमा दिइने बताए।

फैसलाको घोषणा बंगलादेश टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो।

बंगलादेशमा सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहपछि हसिनाको १५ वर्षे लामो शासन अन्त्य भएको थियो।

भिडले सरकारी निवासमा आक्रमण गरेपछि उनी हेलिकप्टरमार्फत देशबाट भागेकी थिइन्। अहिले उनी भारतमा लुकेर बसेकी छन्।

उनले विद्यार्थी विद्रोह दबाउँदा झन्डै १ हजार ४०० जना मारिएका थिए ।


प्रतिकृया दिनुहोस्