
काठमाडौं । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाको राजीनामा स्वीकृत भएको छ । अनेरास्ववियुको आज बसेको बैठकले उनको राजीनामा स्वीकृत गर्दै संगठनको अध्यक्षको जिम्मेवारी दीपक धामीलाई दिएको छ ।
आफ्नो राजीनामा स्वीकृत भएसँगै कडरियाले अब विद्यार्थी आन्दोलनको यात्रा औपचारिकरूपमा समाप्त भएको र पार्टी जीवनमा पूर्णरूपमा समर्पित हुने घोषणा गरेका छन् ।
उनले अब आफू एमालेको एक इमानदार सिपाहीको रूपमा निरन्तर खटिरहनेु बताएका छन् ।
आफ्नो बहिर्गमनलाई उनले भदौ २३ गतेको जेनजी आन्दोलनसँग जोडेका छन् । भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोलीले विद्यार्थीको रगत बगेको क्षणसँगै मेरो अनेरास्ववियु यात्रा अन्त्य भएको सत्यलाई आजको गरिमामय बैठकले आधिकारिक मान्यता दिएकामा म सम्मान व्यक्त गर्दछु,कडरियाले भनेका छन् ।
कडरियाले जेनजी आन्दोलनका बेला राजीनामा घोषणा गरेका थिए । स्थिति सामान्य भएपछि उनी जिम्मेवारीमा फर्किन खोजेका थिए । तर, किचलो भएपछि उनले राजीनामा दिएका हुन् ।


















