Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नयाँ दिल्लीस्थित लालकिल्लामा भयानक विस्फोट, १० जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २४ गते


Advertisement

काठमाडौं। भारतको नयाँदिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशननजिक कारमा विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। २० बढी घाइते भएका छन्।

मेट्रो स्टेशननजिक रोकिराखेको एक कारभित्र विस्फोट भएको हो। विस्फोटलाई आतंकवादी आक्रमणको आशंका गरिएको छ। तर, अहिलेसम्म विस्फोटको कसैले जिम्मेवारी लिएको छैन।

अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार साँझ ६ बजेर ५५ मिनेटमा विस्फोटको जानकारी दिँदै टेलिफोन गरिएको थियो।

कारमा भयानक विस्फोटपछि आसपास रहेका अन्य केही गाडीमा आगो लागेको छ। घटनापछि सुरक्षाकर्मीले घटनास्थललाई सिल गर्दै अनुसन्धान अगाडि बढाएका छन् ।


प्रतिकृया दिनुहोस्