Skip
आज : २०८२ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

४ घण्टा चल्ने भनिएको सी – ट्रम्प बिचको भेटवार्ता १ घण्टा ४० मिनेट मात्रै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १३ गते


काठमाडौं । राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति डोनाल्ड ट्रम्प बिचको भेटवार्ता करिब एक घण्टा ४० मिनेटमा समाप्त भएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएअनुसार दक्षिण कोरियाको बुसानस्थित भेटघाट स्थलबाट दुवै नेता बाहिर निस्केर आ-आफ्नो लिमोजिनमा चढ्दै गरेको देखिएका थिए।

यसअघि ट्रम्पले यो बैठक चार घण्टासम्म चल्न सक्ने बताएका थिए, तर यो अनुमानित समयभन्दा निकै अगाडि नै समाप्त भयो। यो भेट एसिया-प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक)शिखर सम्मेलनको साइडलाइनमा भएको हो, जहाँ दुई नेताले मुख्यतया व्यापार सम्झौताको मुद्दामा छलफल गर्ने बताइको थियो ।

बैठकमा दुवै पक्षबाट सात-सात जना सहभागी थिए । अमेरिकाको तर्फबाट ट्रम्पसँगै विदेश मन्त्री मार्को रुबियो, अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीर, ट्रेजरी सचिव स्कट बेस्सेन्ट, वाणिज्य सचिव होवार्ड लट्नक, चीफ अफ स्टाफ सुसी वाइल्स र चीनका लागि अमेरिकी राजदूत डेविड पर्ड्यू रहेका छन्।

चीनको तर्फबाट सीसँगै चीफ अफ स्टाफ काई क्यूई, विदेश मन्त्री वाङ यी, उप-विदेश मन्त्री मा झाओक्सु, उप-प्रधानमन्त्री हे लिफेङ, वाणिज्य मन्त्री वाङ वेनताओ र राष्ट्रिय विकास तथा सुधार आयोगका अध्यक्ष झेङ शानजी रहेका थिए


प्रतिकृया दिनुहोस्