Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ट्रम्प र सी दक्षिण कोरियामा भेट्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, ७ गते


Advertisement

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङ अक्टोबर ३० मा दक्षिण कोरियामा भेटवार्ता गर्ने भएका छन्।

ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा हुने एसिया प्रशान्त आर्थिक सहयोग ९एपेक० शिखर सम्मेलनमा भाग लिने र त्यहाँ सीसँग भेट्ने पुष्टि गरेको हो। शिखर सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म हुनेछ।

दुई नेताबीचको यो भेट लामो समयदेखि अपेक्षित थियो, तर अमेरिका र चीनबीच बढ्दो तनावका कारण अनिश्चित बनेको थियो।

ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेयता दुई नेताबीच पहिलोपटक प्रत्यक्ष भेटवार्ता हुन लागेको हो।

ट्रम्पले हालै चीनले घरजग्गामा लगाइएका प्रतिबन्ध कम गरेन भने अमेरिकाले नोभेम्बरदेखि चिनियाँ सामानमा १०० प्रतिशतसम्म भन्सार कर थप लगाउने चेतावनी दिएका थिए।

ह्वाइट हाउसका अधिकारीहरूका अनुसार, भेटमा दुई नेताबीच व्यापार, ऊर्जा सहयोग र युक्रेन द्वन्द्वजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ। बीबीसी


प्रतिकृया दिनुहोस्