Skip
आज : २०८२ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पाकिस्तानको आक्रमणमा अफगानिस्तानका ३ खेलाडी मारिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १ गते


काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)ले पक्तिका प्रान्तमा पाकिस्तानले गरेको आक्रमणमा तीन खेलाडीको मृत्यु भएको बताएको छ। एसीबीले विज्ञप्ति जारी गरी आक्रमणको निन्दा गरेको छ।

नोभेम्बरमा हुने पाकिस्तानसँगको त्रिकोणीय टी-२० शृंखला पनि नखेल्ने निर्णय एसीबीले गरेको छ।

तीन खेलाडीको तस्बिर सेयर गर्दै एसीबीले भनेको छ, ‘यी खेलाडीहरूलाई शुक्रबार साँझ पाकिस्तानबाट भएको आक्रमणमा निसाना बनाइएको थियो।’

अफगानिस्तान क्रिकेट बोर्डका अनुसार, आक्रमणमा तीन खेलाडी- कवीर, सिब्घतुल्लाह र हारुन मारिएका हुन्। साथै अन्य पाँच जना सर्वसाधारणको पनि मृत्यु भएको छ।

बोर्डले अगाडि भनेको छ, ‘खेलाडीहरूप्रति सम्मान र यस दुस्खद घटनाको विरोधमा अफगानिस्तान क्रिकेट बोर्डले नोभेम्बरको अन्त्यमा हुने पाकिस्तानसँगको त्रिकोणीय टी(२० शृंखलाबाट फिर्ता हुने निर्णय गरेको छ।’

यस विषयमा पाकिस्तान क्रिकेट बोर्डबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

नोभेम्बर १७ देखि २९ सम्म लाहोर र रावलपिंडीमा पाकिस्तान, अफगानिस्तान र श्रीलंकाबीच टी(२० शृंखला हुने तालिका थियो।


प्रतिकृया दिनुहोस्