Skip

Hamro Sanchar

शंकर पोखरेल भन्छन् : हामीभन्दा षड्यन्त्रकारी शक्तिहरू मुखर भएर आए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २९ गते


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले षड्यन्त्रकारी शक्तिहरू मुखर रूपमा आउँदा एमाले नेतृत्वको सरकार ढलेको बताएका छन्।

ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा आजदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठक सञ्चालन मन्तव्य व्यक्त गर्दै महासचिव पोखरेलले पार्टी प्रयासको तुलनामा षड्यन्त्रकारी शक्तिहरू मुखर रूपमा आउँदा भदौ २३ र २४ को घटना हुन पुगेको बताएका हुन्।

‘हामीले संकटको पहिचान गरेका भए पनि समयमा चिर्न नसक्दा त्यसले पार्टी र देशलाई नै क्षति पुर्‍याएको छ,’ पोखरेलले भने।

एमालेका अघिल्ला केन्द्रीय कमिटी बैठकबाट जुन९जुन समस्या प्रवृत्तिका रूपमा देखा परेका भनेर निक्र्यौल गरिएको थियो, अहिले त्यही भएको दाबी उनले गरे।


प्रतिकृया दिनुहोस्