Skip

Hamro Sanchar

सरकारको सतर्कताले मानवीय क्षति कम भएकाे भन्दै मन्त्री घिसिङले भने :  ३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, १९ गते


काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बीपी राजमार्ग यथाशक्य छिटो सञ्चालन गर्ने सरकारले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्ग ९भकुण्डेवेसी–नेपालथोक खण्ड)यथाशक्य सुचारु गरिने बताएका हुन् ।

भौतिक पुर्वाधार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले ३र४ दिनभित्रमा उक्त सडक सुचारु हुने बताए । वीपी राजमार्ग (भकुण्डेवेसी–नेपालथोक खण्ड)र मेची राजमार्ग यथाशक्य छिटो सञ्चालनमा ल्याउनेगरी अवरोध हटाउने र डाईभर्सन बनाउने काम सुरु भएको उनको भनाइ छ ।

‘जुन सडकहरूमा क्षति भएको छ । विशेषगरेर भकुण्डेवेशी–नेपालथोक जाने सडकलाई तत्कालै, काम सुरु गरिसकेका छौं । यसलाई छिटोभन्दा छिटो ३र४ दिनभित्रमा भनेका छन्,’ मन्त्री घिसिङले भने, ‘सकेसम्म त्यो भन्दा छिटो गर्ने गरेर ईक्युप्मेन्टहरू मोबिलाइज गर्नेगरी अघि बढेका छौं । अहिलेको लागि वैकल्पिक बाटोहरू प्रयोग गर्न अनुरोध गर्छु ।

यस्तै उर्जा, भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सबैको सतर्कताले मानवीय क्षति कम भएको बताएका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री घिसिङले वर्षातका कारण आएको बाढीका कारण मानवीय क्षति नभएको बताएका हुन् ।

वर्षापछि आएको पहिरोमा परेर इलाममा मानवीय क्षति भएको बताउँदै त्यो बाहेक अन्य क्षेत्रमा मानवीय क्षति न्यून भएको बताए। वर्षापछि आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको बताउँदै त्यसलाई सरकारले प्राथमिकताका साथ पुर्ननिर्माणमा लाग्ने बताए ।

‘सरकारको सतर्कतका कारण बाढीका कारण मानवीय क्षति भएको छैन् । इलाममा ३५१ मिलिमिटरको पानी परेर अतिवृस्टी भएको छ । जसले गर्दा पहिरोमा परेर मानवीय क्षति हुन पुगेको छ । त्यो बाहेक अन्त क्षति भएको छैन्,’ मन्त्री घिसिङले भने ।

काठमाडौंबाट पश्चिमको तर्फका सडक तत्कालै खोल्नेतर्फ अघि बढेको बताए । पुर्वमा वर्षा जारी रहेको र भोलीसम्ममा त्यो पनि कम हुनसक्ने उनको अनुमान छ ।

 


प्रतिकृया दिनुहोस्