Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अमेरिकामा गोली हानेर ३ प्रहरीकाे हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २ गते


Advertisement

काठमाडौं । अमेरिकाको पेन्सिलभेनियामा गोली हानेर तीन प्रहरी अधिकारीको हत्या गरिएको छ।

गोली लागेर अन्य दुई प्रहरी गम्भीर घाइते पनि भएको बीबीसीले जनाएको छ।

अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका बेला घटना भएको बताएका छन्।

पेन्सिलभेनिया राज्यका प्रहरी आयुक्त कर्नल क्रिस्टोफर पेरिसले प्रहरीको जवाफी कारबाहीमा बन्दुकधारी पनि मारिएको बताएका छन्।

घटनास्थलबाट प्राप्त तस्बिरमा घाइते प्रहरी अधिकारीलाई मेडिकल हेलिकप्टरबाट उपचारका लागि अस्पताल लगिएको देखिन्छ।

गोलीकाण्डका कारण नजिकैका विद्यालय अस्थायी रूपमा बन्द गरिएका छन् भने विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ। अनुसन्धान जारी छ ।


प्रतिकृया दिनुहोस्