
काठमाडौं । प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास नजिक रहेको प्रहरी बिटमा आगजनी गरेका छन् ।
प्रहरी बिटमा आगो लगाएर एउटा समूह प्रचण्डको निवासतर्फ अघि बढेको छ ।
आज बिहानैदेखि ललितपुरका विभिन्न ठाउँमा प्रहरी बिटमा आगो लगाउने र प्रदर्शन गर्ने क्रम जारी छ ।














